बडिमालिकाका सामुदायिक विद्यालयमा दिवाखाजासँगै रैथानेबालीका परिकार
बाजुरा— नेपाल सरकारले सुरु गरेकाे सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रममा बाजुराका स्थानीय तहले स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीको परिकार समावेश गर्न थालेका छन्। सरकारले दिएको पौष्टिक आहारमात्र नभई विद्यार्थीलाई स्थानीय स्तरमा उत्पादन भएको फापर, जौ, कोदो,मार्सेलगायतका रैथाने बालीको प्रवर्द्धनका लागि दिवाखाजामा समावेश गर्न थालिएको हो। बाजुराकाे बडीमालिका नगरपालिकाले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवाखाजाका रूपमा कोदोलगायत अन्न […]