• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा गौमुल गाउँपालिकाले ३९ करोड ५८ लाखको बजेट ल्यायो

बाजुरा गौमुल गाउँपालिकाले ३९ करोड ५८ लाखको बजेट ल्यायो

  • मङ्लबार, असार १०, २०८२
बाजुरा गौमुल गाउँपालिकाले ३९ करोड ५८ लाखको बजेट ल्यायो

बाजुुरा– बाजुराको गौमुल गाउँपालिकाले ३९ करोड ५८ लाख ६२ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको सातौँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सो बजेट र निति तथा कार्यक्रम ल्याएको हो ।

आर्थिक वर्ष २०८२/८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा चालुतर्फ २९ करोड ५१ लाख ८८ हजार रुपिया बिनियोज गरिएको छ भने पुजिगततर्फ १० करोड ३३ लाख ७४ हजार बिनियोजना गरिएको छ ।

कृषि क्षेत्रलाई व्यवसायीकरण, भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, खानेपानी योजना, खेलकुद, पर्यटन, संस्कृति क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ॥

चर्चामा

सम्बन्धित समाचार