• होमपेज
  • समाज
  • लोप हुन लागेको पेसालाई व्यवसायी बनाउँदै बुढीगंगा

लोप हुन लागेको पेसालाई व्यवसायी बनाउँदै बुढीगंगा

  • बुधबार, असार ४, २०८२
लोप हुन लागेको पेसालाई व्यवसायी बनाउँदै बुढीगंगा

बाजुरा—बाजुराको बुढीगंगा नगरपालिकामा कुमाले जातिले बषौ देखि गर्दै आएको माटोको भाँडा बनाउने पेसा संकटमा पर्न थालेकाे छ । पेसा संकट हुदैँ गएपछि बुढीगंगा नगरपालिकाले तालिम र प्रविधि दिएर पेसा जोगाउन लागेको छ ।

विगतमा बुढीगंगा नगरपालिका ८ मा बस्ने कुमाल जाति माटाका भाडा बनाउने गर्थे । तर दुई दशक यता यो पेसा नै लोप हुन लागेपछि नगरपालिकाले पेसा संरक्षण गर्ने काम सुरु गरेको बुढीगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बाँनियाले बताएका छन् । नगरपालिकाले २० जना स्थानियलाई १ महिने माटाको भाडा बनाउने तालिम दिइरहेको छ । भाडा बनाउने आवश्यक प्रविधि समेतको सहयोग गरेको नगर प्रमुख बाँनियाले बताएका छन् ।

पुर्खादेखि गर्दै आएको पेसा विगत दुई दशक देखि भने पेसा नै लोप भएको थियो, फेरि युवा पुस्ता यो पेसा तिर लाग्न प्रेरित भएको लाल बहादुर कुमालले बताएका छन् ।

माटोका भाडा परम्परागत देखि नै गरिदै आएको पेसा‍‍बाट जीविकोपार्जन नहुने भएपछि यो पेसा विस्तारै लोप हुदैँ आएको थियो । माटोका भाडाले खासै बजार नपाएपछि लोप हुदै गएको स्थानिय काल्चे कुमालले बताएका छन् । अर्को तिर यस पेसाको लागि कुनै पनि निकायबाट सहयोग नहुँदा पनि यो विस्तारै लोप हुदै गएको थियो । अहिले नगरपालिकाले सहयोग गर्न सुरु गरेको काल्चेले बताए ।

प्रायः यो पेसा बाजुरा जिल्लामा कुमाले जातिले मात्र गर्ने गरेको पाइन्छ । माटोको भाँडाको लागि माटो पनि बलौटे चाहिने हुँदा जहाँसुकै पनि नपाईने गरेको छ । परिश्रम धेरै गर्नु पर्ने भएपनि परिश्रम अनुसार फल प्राप्त नहुने उनीहरुको भनाई रहेको छ ।

तर पालिकाले सीपसँगै उत्पादन गरेको चिज वस्तु भने पालिकाले खरिद गरेर बजारीकरण गर्ने जिम्मा लिने जनाएको छ । नगरपालिकामा कसैको पेसा व्यवसाय जोखिम हुन नदिन यहाँ उत्पादन भएको चिज वस्तुको बिक्री गर्ने जिम्मा पालिका लिने नगरप्रमुख राम बहादुर बाँनियाले बताएका छन् ।

उनीहरुले माटाका भाडा गड्या, पानी खाने भाडा, तछला आदि बनाउने गरेका छन् । ति भाडाहरु विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने गरेको पाईएको छ । माटोका भाँडाहरु क्रिया काज र हिन्दु धर्ममा गरिने पुजा पाँठमा अनिवार्य रुपमा आवश्यक पर्ने गर्दछ । अर्को तिर पानि खान र भात पकाउनमा बढी मात्रामा प्रयोग हुने गरेको छ । गर्मीयाममा त यी भाँडाको प्रयोग धेरैले गर्ने गरेको पाईन्छ । ति भाडामा राखेको पानि चिसो हुने भएका कारण गाँउमा मात्र नभई सहर बजारमा पनि बिक्री हुने गरेको छ ।

गर्मी महिनामा माटाको घ्याम्पो, भिउँट तथा गाग्रोमा राखिएको पानीको मीठास हुने गरेको छ । हरर्र बास्ना आउने, शीतल अनि आनन्ददायक माटाको भाँडामा राखिएको पानी स्वास्थ्यका दृष्टिले समेत उत्तिकै लाभदायक रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

यस कारण लाभदायक माटाको भाँडामा राखिएको पानी !

–माटाको भााडामा राखिएको पानी प्राकृतिक रूपमै चिसो हुन्छ जब कि फ्रिजको पानी चिसो बनाउन बिजुलीको प्रयोग हुन्छ । फ्रिजजमा राखिएको पानी बढी चिसो हुने तथा स्वास्थ्यमा नकारात्मक असर पार्ने खालको हुन्छ । माटाको भाँडो प्रयोग गरियो भने बिजुलीको खपत कम हुन्छ, पैसा वचत हुन्छ र त्यही पैसाले माटाको भाँडो किन्दा माटाको भाँडो बनाएर गुजारा चलाउनेहरूलाई फाइदा पुग्छ ।

–माटाको भाँडोमा माटोमा पाइने त्यस्तो प्राकृतिक गुण हुन्छ जसले अशुद्धिहरूलाई नाश गर्छ र शरीरका लागि आभदायक खनिज तत्व प्रदान गर्छ । शरीरलाई विषाक्त पदार्थबाट मुक्त बनाई प्रतिरक्षा प्रणाली सुदृढ बनाउन पनि माटाको भाँडामा राखिएको पानीले सहयोग गर्छ ।

–फ्रिजजको पानी खाँदा कब्जियत तथा घाँटी दुख्नेजस्ता समस्या सिर्जना हुनसक्छन् तर माटाको भाँडामा राखिएको पानीले त्यस्तो समस्या उब्जाउँदैन । यसमा राखिएको पानी शरीरका लागि अनुकूल हुने हदसम्म मात्र चिसो हुन्छ ।

–माटाको भाँडामा राखिएको पानीको पीएच सन्तुलन सन्तुलित हुन्छ । माटाको क्षारीय तत्व तथा पानीको तत्व मिलेर उचित पीएच ब्यालेन्स निर्माण गर्छन् जसले शरीरलाई कुनै प्रकारको हानि हुन दिँदैन भने शरीरको प्राकृतिक सन्तुलन पनि बिगार्दैन ।

–माटाको भाँडामा राखिएको पानी स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यसको तापक्रम सामान्यभन्दा थोरै मात्र चिसो हुने भएकाले यसले शीतलता त प्रदान गर्छ साथै पाचन प्रक्रिया राम्रो बनाउन समेत सहयोग गर्छ । यस्तो पानी पिउँदा शरीररमा टेस्टोस्टेरनको स्तरसमेत वृद्धि हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार