सुदूरपश्चिमका थप ३९ जनामा कोरोना पुष्टि
शनिवार सुदूरपश्चिम प्रदेशका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दार्चुलाका २१, कैलालीका ११, डडेल्धुराका तीन, बैतडी र बझाङका दुई÷दुई जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ९३ जनाको कोरोना परीक्षण भएकोमा १३ जनामा संक्रमण पुष्टि भएको छ। […]