मङ्लबार, जेष्ठ १५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • डोटीमा भूकम्पः धनजनको क्षति

डोटीमा भूकम्पः धनजनको क्षति

  • बुधबार, कार्तिक २३, २०७९
डोटीमा भूकम्पः धनजनको क्षति

डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको भने धेरै धनजनको क्षति भएको छ। बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको छ।

यस्तै गाउँपालिकाकै उपरकाँडा र बलकट्टेका १५० भन्दा बढी घरमा आंशिक तथा केही घरमा पूर्ण क्षति भएको स्थानीय मिनबहादुर साउँदले बताए। जिल्ला प्रशासन कार्यालय डोटीकी सूचना अधिकारी दीपा जोशीका अनुसार सायल गाउँपालिकाका अधिकांश घरमा क्षती भएको छ। अन्य ठाउँमा पनि क्षति भएको र क्षतिको यकिन विवरण आउँन बाँकी रहेको उनले बताइन्।

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको भूकम्पको धक्का कैलालीसहित सुदूर पहाडका सबै जिल्लामा महशुस गरिएको थियो।

चर्चामा

सम्बन्धित समाचार