शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका नेताको नजर नपुगेको ज्यानमारा नदि, ११ बर्षमा ८ जनाको मृत्यु

बाजुराका नेताको नजर नपुगेको ज्यानमारा नदि, ११ बर्षमा ८ जनाको मृत्यु

  • मङ्लबार, कार्तिक २२, २०७९
बाजुराका नेताको नजर नपुगेको ज्यानमारा नदि, ११ बर्षमा ८ जनाको मृत्यु

बाजुरा–हिमाली गाउँपालिका ३ गुम्बाका ३५ बर्षका मंगल थापा गुम्बाको छिन्दु खोलामा बगेर बेपत्ता भए । बेपत्ता भएको ७ महिना पछि मात्र ५ मिटर तल अस्थिपञ्चर लुगाकपडा ढुगांको खोचमा अड्किएको भेटिए ।
गुम्बा गाउँको बिकेनी चौरपटानमा भेडा चराइ घर आउदा छिन्दु खोला तर्ने बेला २०७८ साल असोज ९ बगेर उनि बेपत्ता भए । घरपरिवार प्रहरि खोजि कार्य गरे । उनलाइ कतै भेटाएन्न, २०७८ चैत २१ गोरु चराउन गएका गोठाले खोलामा अड्किएको भेटाए ।
छिन्दु खोलामा झोलुङ्गे पुल नहुदा श्रीमान मंगल बगेर बेपत्ता भएको श्रीमति छोजोम लामाले वताईन् । ७ महिना पछि उनलाइ भेटाएको छेमाले वताईन् । ३ गुम्बाको छिन्दु खोलामा झोलुङ्गे पुल नहुदा बर्षेनी बगेर बेपत्ता तथा मृत्यु हुने गरेको छ । ११ बर्षमा मंगल सहित ८ जना खोला तर्ने बेला बगेर बेपत्ता तथा मृत्यु भइरहको छ ।
ज्यानमारा खोलाका रुपमा चिनिदै आएको छिन्दु खोलामा अहिले सम्म झोलुङ्गे पुल निर्माण हुन सकेको छैन् । पटक पटक सञ्चार माध्यममा समचार आउदा सम्म पनि झोलुङ्गे पुल निर्माणमा कसैको ध्यान नगएको स्थानिय जगत लामाले वताएका छन् । चुनावका बेला सधै भोट पुल बनाइदिने भनेर भोट माग्ने गरेको, जितेपछि कसैले पनि वास्ता नगरेको लामाको भनाई छ ।
छिन्दु खोलामा ११ बर्ष यता ८ जनाको नदिमा बगेर बेपत्ता तथा मृत्यु भएको स्थानिय लालु कुबर भोटेले वताए । .नदि तरेर हिमाली गाँउपालिका ३ गुम्बा, लाम्पाटा गाँउ र हिमाली क्षेत्रमा जाने गर्छन् । ११ बर्ष यता मात्र आफुलाइ जानकारी भए अनुसार ८ जनाको बगेर बेपत्ता भएका छन्, केही त आफुहरुलाइ पनी थाहा नभएको स्थानिय जगत लामाले वताएका छन् ।
मंगल थापा, छन्देब लामा, फुली गुरुङ्ग, लुलु गुरुङ्ग, फुलमाया कुवर र गुराउसे लामा आफुहरुले नदि तर्ने बेला बगेर मृत्यु भएको जानकारी छ, नत्र यो बाटो भएर भेडा, बाख्रा, चौपाया लिएर धेरै जान्छन्, अरुको पनि मृत्यु भएको हुन सक्ने लालु कुवरले वताए ।
मानिस मात्र नभई पशु चौपाया त बर्षेनी धेरै बगाएर मर्ने गरेका छन् । नदिमा पुल भएको भए यसरी ज्यान जाने थिएन्, निकै बिकट भएकाले कसैले सुनिदिदैन्, बाध्य भएर आवतजावत गर्ने गरेका छौ, बाध्यताले ज्यान जाने गरेको स्थानिय फुलमति गुरुङ्गले वताईन् । छिन्दु खोला र गुम्बा खोलामा पुल नहुँदा डोरीले तानेर पनि स्थानिय वारपार गर्ने गरेको स्थानियले वताएका छन् । बाजुराको सर्वाधिक बिकट गुम्बा गाँउ जाने दुई नदिमा झुलङ्गे पुल नहुँदा डोरीले तानेर वारपार गर्ने गरेका छन् । बर्षातको समयमा भने पुर्ण रुपमा आवतजावत बन्द हुने गरेको छ ।
नदि ठुलो भएकाले हिउँदको समयमा पनि नदि तर्न सकिदैन् । गुम्बा गाँउमा २६ परिवार र लाम्पाटा गाउँमा १२ परिवार बसोवास गर्ने गरेका छन् । हिमाली गाँउपालिका बौडी देखी गुम्बा पुग्दा सम्म दुबै नदिमा झुलङ्गे पुल नहुँदा कष्टकर तरिकाले नदि तर्ने गरेको लाच्के लामाले वताए । छिन्दु खोला झुलङ्गे पुल नुहदा गुम्बा गाँउमा मात्र नभइ हिमाली भेग तिर जान र सैन हिमालमा जडिबुटि संकलन गर्न जान आवतजावत गर्न निकै समस्या भएको छ । झुलङ्गे पुल निर्माणका लागि पटक पटक पहल गर्दा पनि कतै बाट सहयोग नभएको स्थानियले वताएका छन् ।
नदिमा झुलङ्गे पुल नभएर बाटो पनि अप्ठयारो भएकाले गुम्वा बाट स्वास्थ्य चौकी, कोल्टि मार्तडी आउन जान लागि जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ । बर्षातका ४ महिना त गुम्वा र बाजुराको सम्पर्क बिच्छेदनै हुने गरेको छ । गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले नदिमा झोलुङ्गे पुलको लागि पहल भइरहेको वताए । निकै विकट भएकाले पुल निर्माण गर्नमा समस्या भएको मल्लले वताए ।

चर्चामा

सम्बन्धित समाचार