बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • राजनीति
  • नरेश शाहीलाइ बाजुरा काँग्रेसको अघोषित समर्थन्

नरेश शाहीलाइ बाजुरा काँग्रेसको अघोषित समर्थन्

सभापति रावल भन्छन् मलाइ कुनै जानकारी छैन्

  • बुधबार, कार्तिक २३, २०७९
नरेश शाहीलाइ बाजुरा काँग्रेसको अघोषित समर्थन्

बाजुरा–बाजुराको प्रदेश क मा गठबन्धनको उम्मेदवार कर्ण बहादुर बिक कि नरेश बहादुर शाही भन्नेमा अन्योलमा भइरहदा तर बाजुरा काँग्रेसले आन्तरिक रुपमा नरेश बहादुर शाहीलाई भोट माग्न थालेको छ । बुढिनन्दा नगरपालिका बिभिन्न ठाउँमा समाजवादीका उम्मेदवार शाहीको चुनावी सभामा बाजुरा काँग्रेसका पदाधिकारी सहभागि भएको पाईएको छ ।
नेपाली काँग्रेस बाजुराका उपसभापति नारायाण पाध्याय, जिल्ला कार्य समिति सहसचिब कृष्ण पाध्याय, महाधिबेशन प्रतिनिधि पदम कुमार गिरीले मञ्चमै भाणण गरेर भोट मागेका छन् । नरेश शाहीको प्रचारप्रसारमा काँग्रेसका नेता तथा कार्यक्रर्ता सहभागि भएपनि माओवादीका उम्मेदवार कर्ण बहादुर बिकको प्रचारप्रसारमा माओवादी मात्र रहेका छन् ।
माओवादीका उम्मेदवार कर्ण बहादुर बिकले बडिमालिका खबर सँग भने हामी अहिले माओवादी मात्र प्रचारप्रसारमा रहेको वताए । आफुले आफु र संघमा गठबन्धनलाई भोट मागेर प्रचारप्रसारमा रहेको छु, तर यसमा काँग्रेस भने सहभागि नभएको बिकले वताए ।
नरेश शाहीको प्रचारप्रसारमा काँग्रेसको जिल्ला नेतृत्व सहभागि भएर नरेश शाहीलाई भोट माग्ने काम भइरहेको समाजवादीका एक नेताले वताएका छन् । शाही भएको सभामा गएर भोट मागिरहेको उनले वताए । आन्तरिक रुपमा काँग्रेस नेता जनक कुमार गिरी पनि शाहीको प्रचारप्रसारमा लागिरहेको एक स्रोतले वताएको छ ।
नरेश शाहीको चुनावी सभामा गएका नेपाली काँग्रेस बाजुराका उपसभापति नारायाण पाध्यायले भने आफु सहभागि भएको हु । तर नरेश शाहीलाई भोट नमागेको गठबन्धनलाइ भोट दिन आग्रह गरेको वताए । प्रदेश कमा अहिले माओवादी र समाजवादी बिच नमिलेकाले हामी मिलाउन लागि रहेको जनतामा माझमा जानकारी गराएको पाध्यायले वताए ।
यता नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति राम सिं रावलले भने प्रदेश क मा गठबन्धनको उम्मेदवार निर्णय केन्द्र बाट नआएको वताए । हाम्रा लागि शाही र बिक को भन्ने छैन्, कोही प्रचारप्रसारमा गएको हो भन्ने जानकारी नभएको रावलले वताए । अहिले बाजुरा काँग्रेसलाइ नरेश शाही अथवा कर्ण बिकलाई बोकेर भोट माग्ने कुनै अधिकार नभएको उनले थपे ।
रावलले थपे चुनाव नजिकिदै लाग्दा सम्म पनि केन्द्र बाट कुनै आधिकारीक निर्णय नआएपछि बाजुरा काँग्रेसले कसलाइ साथमा लिने भन्नेमा संकटमा रहेको वताए । नेपाली काँग्रेस बाजुरालाई प्रदेश कमा कसलाइ गठबन्धनको उम्मेदवार मान्नेमा अन्योलमा बनिरहेका बेला जिल्ला स्तरमा मिलाउन पनि सकस भइरहेको काँग्रेस एक नेताले वताए । नेपाली काँग्रेस बाजुराका सभापति रामसिं रावलले भने आधिकारीक उम्मेदवारका लागि केन्द्रमा पत्रचार गरेको धेरै समय भइसक्दा पनि कुनै जानकारी नआउदा समस्या भएको वताएका छन् ।
नेकपा माओवादी बाट उम्मेदवार कर्ण बहादुर बिक आफु रहेको दाबि गरिहेका छन्, भने नेकपा एकिकृत समाजवादीका नरेश बहादुर शाहीको आफु रहेको दाबि गरिरहेका छन् । उनिहरु गठबन्धनको आधिकारी उम्मेदवारको पत्र ल्यानका लागि काठमाडौमा लबि गरिरहेका छन् । दुबैले प्रचारप्रसार पनि तिब्र रुपमा अगाडि बढाइरहेका छन् ।
गठबन्धनको पहिलो चरण केन्द्रमा भएको सहमतिको लिष्टमा बाजुरा प्रदेश क माओवादीको भागमा रहेको सार्वजनिक भएको थियो । उम्मेदवारी दर्ताको अन्तिम समयमा समाजवादीका नरेश बहादुर शाहीको नाममा पार्टिले टिकट दिएको थियो । कर्ण बहादुर बिकको नाम भने माओवादीले पहिला नै फिक्स गरिसकेको थियो । नेकपा एमाले बाट भने प्रदेश क बाट बल्देब रेग्मि रहेका छन् ।
केन्द्र बाट कुनै आधिकारीक धारणा नआएमा प्रदेश कमा कसलाई भोट हाल्नेमा काँग्रेस अन्योलमा पर्ने भएको छ । एकजनालाइ जिल्ला बाट निर्णय गर्दा संघका उम्मेदवार रहेका बद्रि पाण्डेलाई असर पर्ने देखिएकाले पनि काँग्रेस बाजुरालाइ निर्णय लिन असजिलो रहेको काँग्रेस जिल्ला कमिटि एक सदस्यले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार