बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • एक महिना देखी कर्णाली करिडोर बन्द

एक महिना देखी कर्णाली करिडोर बन्द

हुम्ला, मुगु र बाजुराका बासिन्दालाइ सास्ति

  • आइतवार, कार्तिक २०, २०७९
एक महिना देखी कर्णाली करिडोर बन्द

बाजुरा–हुम्ला, मुगुर बाजुरालाइ जोड्ने कर्णाली करिडोर राजमार्ग एक महिना देखी बन्द रहेको छ । लगातारको पानिले असोज १९ गते बाट बन्द भएको राजमार्ग सञ्चालनमा नआउदा स्थानियलाई सास्ति भएको छ ।
कर्णाली करिडोरको १ सय २३ किलोमिटर सडक खण्ड मध्ये २५ किलोमिटर सडकखण्ड अहिले पनि अबरोध रहेको छ । कालिकोटको थिर्पु देखी बाजुराको भुक्का खोला सम्म १५ किलोमिटर सडक पहिरोले अबरोध छ । त्यस्तै बाजुराको हिमाली गाउँपालिका सांकाचौरमा पनि पहिरो बगिरहेको छ । हुम्ला क्षेत्रमा पनि ९ किलोमिटर सडक अबरोध रहेको छ ।
सडक डिभिजन कार्यलय कालिकोटले कालिकोटको खुलालु देखी थिर्पु सम्म ३० किलोमिटर सञ्चालन ल्याइसकेको छ । त्यो भन्दा यता काम शुरु भइरहेको वताईएको छ । जगन्नाथ गाउँपालिकाले आफ्नो क्षेत्रमा सडक खोल्न डोजर परिचालन गरिरहेको छ । सडक खोल्न १ हप्ता समय लाग्न सक्ने गाउँपालिका अध्यक्ष कालि बहादुर शाहीले वताएका छन् ।
एक महिना देखी सडक बन्द हुदा बाजुराको पुर्वोउत्तरी क्षेत्रका ४ स्थानिय तह, मुगु, र हुम्लाका बासिन्दालाई निकै सास्ति भएको छ । हुम्लाका बासिन्दालाइ सडक बन्द भएपछि हवाइ जहाज भन्दा अर्को बिकल्प नभएको ताजाकोट गाउँपालिकाका बागदल मल्लले वताए । सडक बन्द हुदा दैनिक उपभोग्य सामानको मुल्य निकै आकासिएको छ, जिल्ला बाहिर उपचारमा लिनुपर्ने बिरामीलाई समस्या भएको छ ।
जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार बाजुरा क्षेत्रमा रहेको कर्णाली करिडोर खोल्नलाई पहल भइरहेको वताएको छ । नेपाली सेनाले निर्माण गरेको कर्णाली करीडोर कालिकोटको लालु देखी बाजुरा हुदै हुम्लाको सरिसल्ला सम्म १ सय २२.७५ किलोमिटर रहेको छ । कर्णाली करीडोर कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र हुम्लाको सरिसल्ला सम्म ३८.७५ किलोमिटर रहेको छ । बाँकी हुम्लाको सरिसल्ला देखी सदरमुकाम सिमकोट सम्म ५१ किलोमिटर सडक भने निर्माणधिन अबस्थामा रहेको छ ।
सेनाले निर्माण गरेको सडकमा आर्थिक बर्ष ०७६।०७७ सम्म १ अर्ब ४५ करोड १७ लाख खर्च भएको थियो भने आर्थिक बर्ष ०७७।०७८ मा २० करोड ३८ लाख खर्च भएको थियो ।
यस सडकलाई बाँके र रुपैडिहा नाकाबाट आरम्भ भई हुम्लाको सिमकोट हुँदै चीनको तिब्बत सिमाना सम्म र्पुयाउने लक्ष्य छ । यो सडक मार्ग बाजुरा र कर्णाली क्षेत्रका बासिन्दाको जीवन उकास्ने मेरुदण्ड बन्ने विश्वास छ ।
कर्णाली करिडोर सञ्चालनमा आएपछि बाजुराको उत्तरी क्षेत्रका बासिन्दा सड्क छेउमा बसाई सर्न थालेका छन् । कर्णालीको किनार किनारै निर्माण भएको सड्कको बिभिन्न ठाँउमा माथि बाट तल सर्ने क्रम दिनप्रतिन बढदै गएका छन् ।

चर्चामा

सम्बन्धित समाचार