शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • अस्पतालको शै्यामा जिवनमरणको दोसाधमा बाजुराका १६ बर्षिय राजेन्द्र

अस्पतालको शै्यामा जिवनमरणको दोसाधमा बाजुराका १६ बर्षिय राजेन्द्र

  • शनिबार, कार्तिक १९, २०७९
अस्पतालको शै्यामा जिवनमरणको दोसाधमा बाजुराका १६ बर्षिय राजेन्द्र

बाजुरा–सेति प्रादेशिक अस्पताल धनगढीमा बाजुराका १६ बर्षका राजेन्द्र बोहारा जिवनमरणको दोसाधमा रहेका छन् । बाजुराको बुढिगंगा नगरपालिका ६ बोहोराबाडा बस्ने राजेन्द्र अस्पतालको शै्यामा अचेत अबस्थामा रहेको स्थानिय मोहन जैशीले वताएका छन् ।
राजेन्द्र गत बर्ष पुष महिनामा बोहोराबाडा नजिकै रहेको साँफे मार्तडी सडकखण्डमा मोटरसाइको ठक्कर बाट घाइते भएका थिए । टाउकोमा गम्भिर चोट लागेका राजेन्द्रको माया मेट्रो अस्पताल कैलालीमा सामान्य उपचारपछि आफन्तले घर ल्याएका थिए । घाइते भएको ९ महिना पछि फेरी टाउको घाउ बल्झिएपछि उनलाई उपचारका लागि सेति प्रादेशिक अस्पतालमा लगेको राजेन्द्रका बुवा नर बोहोराले वताएका छन् ।
राजेन्द्रको आइसियुमा उपचार भइरहेको ८ दिन भएको छ । उनि राम्रो सँग बोल्न नसक्ने रुने मात्र गरेको चिकित्सले वताएका छन् । घाउका कारणले टाउकोमा संक्रमण सँगै पानि जमेको चिकित्सले वताएका छन् । उनलाई आइसियुमा उपचार गर्नुभएकोले उपचारमा आर्थिक समस्या भएको बुवा नर बोहोराले वताएका छन् । राजेन्द्रले दुर्घटना बाट एउटा आँखा गुमाएका थिए ।
मोटरसाइकले ठक्कर दिएर घाइते भएको बेला सामान्य खर्चमा मिलापत्र गरेको आफन्तले वताए । आर्थिक अबस्था निकै कमजोर भएका राजेन्द्रको परिवार अहिले एक पत्ता औषधि किन्ने पैसा नभएर उपचारमा भौतारिरहेका छन् । उपचारमा औषधि किन्ने पैसा नहुदा राजेन्द्रका बुवा नर सहयोगको याचना गरिहेका छन् । नर राम्रो सँग लेखपढ गर्न सक्दैनन्, उनि छोरा बचाउनका लागि भगवान पुकार गरिरहेका छन् ।
मोटरसाइकले ठक्कर दिने ब्यक्ति र पिडित पक्ष बिच तत्कालीन बुढिगंगा नगरपालिका ६ का वडा अध्यक्ष गणेश बहादुर थापाले मिलापत्र गराएका थिए । तिमिहरु मुद्धा गर्न सक्ने हैनौ भनेर उनले नै मिलापत्र गराएको नर बोहोराले वताएका छन् । चिकित्सकका अनुसार राजेन्द्र होसमा आउने न आउने सम्भाबना बराबरी रहेको वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार