कर्णालीको मुख्यमन्त्री कार्यालयले मोटरसाइकलको साटो साइकल किन्यो
कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कर्मचारी अब साइकल चढेर कार्यालय जाने-आउने भएका छन्। त्यसका लागि मुख्यमन्त्री कार्यालयले १० वटा साइकल किनेको छ । वातावरणमैत्री शहरको पहिचान दिने उद्देश्यसँगै इन्धन खपत कम गर्न कर्मचारीले साइकल चढ्ने निर्णय गरिएको प्रमुख सचिव केवल भण्डारीले जानकारी दिए। ‘इन्धन पनि खपत कम हुने, वातावरण प्रदुषण पनि कम हुने भएकाले […]