आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रदेश १
  • नेपालमा कोरोना संक्रमितको संख्या १० हजार भन्दा बढी, २४ घण्टामा थप ५३५ जनामा संक्रमण

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार भन्दा बढी, २४ घण्टामा थप ५३५ जनामा संक्रमण

  • मङ्लबार, असार ९, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या १० हजार भन्दा बढी, २४ घण्टामा थप ५३५ जनामा संक्रमण

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ५३८ जनामा संक्रमण देखिएको हो। आज थपिएका ५३८ सहित नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २२२४ पुगेको छ।

कुल संक्रमितमध्ये २४ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। अब नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी छ।

चर्चामा

सम्बन्धित समाचार