आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रदेश १
  • कोरोना अपडेटः थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या ८६०५ पुग्यो

कोरोना अपडेटः थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या ८६०५ पुग्यो

  • शनिबार, असार ६, २०७७
कोरोना अपडेटः थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या ८६०५ पुग्यो

काठमाडौं — नेपालमा बितेको २४ घण्टामा थप ३३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ६ सय ५ पुगेको छ। जसमा महिला ७५६ र पुरुष ७ हजार ८४९ जना रहेका छन् । आज थपिएकामा ४९ महिला र पुरुष दुई २८२ जना रहेको पनि गौतमले जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा १७६ जना संक्रमित निको भएर घर फर्किएको पनि गौतमले जानकारी दिए । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ पीसीआर परिक्षण भएको छ । यो सँगै अहिलेसम्म कुल १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ४ सय २६ गरी आजसम्म कुल २ लाख ५२ हजार ३ सय परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार शनिबार देशभर १ लाख २ हजार २ सय ४५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ७ हजार ५ जना आइसोलेसनमा उपचाररत रहेका छन् । अहिलेसम्म कुल ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

चर्चामा

सम्बन्धित समाचार