शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश १
  • नेपालमा कुन जिल्लामा कति कोरोना संक्रमित ?

नेपालमा कुन जिल्लामा कति कोरोना संक्रमित ?

  • शुक्रबार, असार १२, २०७७
नेपालमा कुन जिल्लामा कति कोरोना संक्रमित ?

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ४३४ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ११ हजार १६२ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि २६ पुगेको छ । गएको २४ घण्टामै २ जनाले ज्यान गुमाएका थिए ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म नेपालमा एक लाख ९९ हजार ७३७ जनाको आरडीटी परीक्षण गरिएको छ । जसमा ११ हजार संक्रमित देखिएका छन् । संक्रमितमध्ये दुई हजार ६५० जना उपचारपछि घर फर्किएका छन् ।

सबैभन्दा बढी रौतहट जिल्लामा कोरोना संक्रमित देखिएका छन् । अहिलेसम्म रौतहटमा एक हजार २४१ जनामा संक्रमण देखिएको छ भने २४३ जना उपचारपछि घर फर्किएका छन् ।

चर्चामा

सम्बन्धित समाचार