आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रदेश १
  • स्याङ्जा र नवलपुरमा थपिए २० नयाँ संक्रमित, गण्डकीमा संक्रमित संख्या ५४० पुग्यो

स्याङ्जा र नवलपुरमा थपिए २० नयाँ संक्रमित, गण्डकीमा संक्रमित संख्या ५४० पुग्यो

  • सोमवार, असार ८, २०७७
स्याङ्जा र नवलपुरमा थपिए २० नयाँ संक्रमित, गण्डकीमा संक्रमित संख्या ५४० पुग्यो

पोखरा – स्याङ्जा र नवलपुरमा गरि गण्डकी प्रदेशका दुई जिल्लामा गरि २० नयाँ संक्रमित थपिएका छन् । संक्रमित २० मध्ये १२ जना स्याङ्जा र ८ जना नवलपुरका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा २० नयाँ केस भेटिएको हो । आज भेटिएको केसमध्ये स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना रहेका छन् । गाउँपालिकाका ८ संक्रमितमध्ये २ जना महिला हुन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गाउँपालिकाका ६ वर्षिय बालिका र ५० वर्षिया महिलामा कोरोना पुष्टि भएको हो ।

यस्तै, ७ वर्षिया ३ बालकसहित ३०, ३१, १६, ३८ र ३० वर्ष उमेरका पुरुषमा कोरोना पुष्टि भएको हो । स्याङ्जाकै कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षिय दुई पुरुषमा कोरोना पुष्टि भएको हो ।

नवलपुरमा बौदीगाउँपालिकाका ८ संक्रमितमध्ये २१, ५०, २०, २९, १८, ४२, २१ र १९ वर्ष उमेर समुहका रहेका छन् । यो सँगै गण्डकीमा कुल संक्रमित संख्या ५४० पुगेको छ ।रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

चर्चामा

सम्बन्धित समाचार