शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ६
  • कर्णालीमा आज थप ७२ जनामा संक्रमण पुष्टि : संक्रमितको संख्या १४ सय नाघ्यो

कर्णालीमा आज थप ७२ जनामा संक्रमण पुष्टि : संक्रमितको संख्या १४ सय नाघ्यो

  • बिहिबार, असार ११, २०७७
कर्णालीमा आज थप ७२ जनामा संक्रमण पुष्टि : संक्रमितको संख्या १४ सय नाघ्यो

सुर्खेत : कर्णाली प्रदेशमा आज थप ७२ जनामा कोरोना संक्रमण थपीएका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय नाघेको छ । आज ७२ जनाको कोरोना पृष्टि भएस‌गै संक्रमितको संख्या १ हजार ४ सय ७ पुगेको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार थप ४५ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको पीसीआर परीक्षण रिपोर्ट अनुसार थप २७ जनामा कोरोना संक्रमण पृष्टी भएको हो । जसमा कर्णाली प्रदेशका ३६ र बाँकी अन्य प्रदेशका रहेका छन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीबार थप १ सय २४ जनाले कोरोना जितेर घर फर्किएका छन् । कर्णालीमा कोरोनाबाट निको हुनेको संख्या ६ सय ९२ पुगेको छ । कर्णाली प्रदेशमा हालसम्म करिब १९ हजारको कोरोना परीक्षण गरिएको छ । भने कर्णालीमा कोरोना पृष्टि भइ मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

कर्णालीमा प्रदेशकम हालसम्म सबैभन्दा बढी दैलेखमा ७ सय ५५ र सबैभन्दा कम डोल्पा र रुकुमपश्चिमका १/१ तथा मुगु र हुम्लाका २/२ जनामा कोरोना पृष्टी भएको छ । यस्तै सल्यानका १ सय ७४, सुर्खेतका ३ सय २७, जाजरकोट ११, कालिकोट ४७, जुम्ला २९ र अन्य प्रदेशका ५८ जनामा कोरोना पृष्टी भएको स्वास्थ्य माहाशाखाको रिपोर्टमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार