शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश १
  • बोर्डिङ सञ्चालकहरूकाे दादागिरी, लकडाउनका बेला पनि पढाएका छौं, शुल्क तिर्नूपर्छ

बोर्डिङ सञ्चालकहरूकाे दादागिरी, लकडाउनका बेला पनि पढाएका छौं, शुल्क तिर्नूपर्छ

  • आइतवार, असार ७, २०७७
बोर्डिङ सञ्चालकहरूकाे दादागिरी, लकडाउनका बेला पनि पढाएका छौं, शुल्क तिर्नूपर्छ

निजी विद्यालय सञ्चालकहरूको छाता संगठन नेशनल प्याब्सन र प्याब्सनले अभिभावकलाई शुल्क तिर्न आग्रह गरेको छ। आइतबार संयुक्त विज्ञप्ति निकालेर नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले लकडाउनको बेलाको पनि शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका हुन्।

विद्यालयमा उपस्थित भई पूरानो शुल्क बाँकी रहेको भए चुक्ता र नयाँ शैक्षिक सत्रअनुसार विद्यार्थी भर्ना गरी शुल्क उपलब्ध गराइदिन अभिभावकलाई उनीहरूले आग्रह गरेका हुन्।

कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा चरम आर्थिक संकट भोग्नुपरेको निजी विद्यालय सञ्चालकहरूको भनाइ छ। विद्यालयको एकमात्र आर्थिक स्रोत अभिभावकले तिर्ने शुल्क भएकोले समयमै उपलब्ध गराइदिन उनीहरूले आग्रह गरेका हुन्।

कोरोना महामारीपछि आर्थिक संकटका बेला सरकारले निजी विद्यालयलाई राहतलगायत सहयोग नगरेको प्याब्सन र नेशनल प्याब्सनको भनाइ छ।

निजी विद्यालयले गत वैशाखदेखि आफ्नै पहलमा वैकल्पिक विधिबाट पठनपाठन गराउँदै आएको पनि उल्लेख गरेका छन्। ‘लकडाउनले विद्यालय बन्द हुँदा आम्दानी शुन्य भएको छ। विद्यालयमा आश्रित २ लाखभन्दा बढी शिक्षक, कर्मचारी र उनीहरूका परिवारले जीवनयापन कठिन भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भाडामा सञ्चालित विद्यालयले भाडा तिर्न सकेका छैनन्।’

चर्चामा

सम्बन्धित समाचार