आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रदेश १
  • कोरोना अपडेट : थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, निको हुनेको संख्या २ हजार ३३८ पुग्यो

कोरोना अपडेट : थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, निको हुनेको संख्या २ हजार ३३८ पुग्यो

  • बुधबार, असार १०, २०७७
कोरोना अपडेट : थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, निको हुनेको संख्या २ हजार ३३८ पुग्यो

काठमाडौं — बितेको २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिएका हुन् । नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० हजार ७२८ पुगेको छ ।

यसैगरी बितेको २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ हजार ३३८ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार