विश्वकप क्रिकेट : अफगानिस्तान पहिलो जितको खोजीमा
१९ असार, काठमाडौं । विश्वकप क्रिकेटमा वेष्ट इन्डिजविरुद्ध आज प्रतिस्पर्धा गर्दै गर्दा अफगानिस्तान पहिलो जितको खोजीमा हुनेछ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानले आज वेष्ट इन्डिजसँग नेपाली समयअनुसार सवा तीन बजे प्रतिस्पर्धा गर्नेछ । दुवै टिम स्पष्ट जित हात पार्दै विश्वकप टुंग्याउने लक्ष्यमा छन् । अफगानिस्तानले अहिलेसम्म जित हात पार्न सकेको छैन । […]