बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • क्रिकेट
  • भारतविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

भारतविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

  • सोमवार, भदौ १८, २०८०
भारतविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

 नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो ।

एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन् । उनी पछि कप्तान रोहितकुमार पौडेलले धेरै अर्धशतक गरेका छन् । रोहितले एकदिवसीयमा एक शतक र आठ अर्ध शतक बनाएका छन् ।

आसिफले पनि एक दिवसीयमा एक शतक बनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार