• होमपेज
  • क्रिकेट
  • क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित

क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित

  • मङ्लबार, अशोज १६, २०८०
क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित

काठमाडौं — चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो ।

नेपालले ९ विकेट गुमाएर १७९ रन मात्रै बनायो । नेपाली ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न सकेनन् ।

नेपालका लागि कुशल मल्ल र सन्दीप जोराले समान २९ तथा ओपनर कुशल भुर्तेलले २८ रन बनाए ।

१२ बल मात्र खेलेका जोराले ३ छक्का र १ चौका हानेका थिए । २२ बल खेलेका मल्लले २ चौका र २ छक्का हाने ।

१८ रन बनाएका करण केसी नट आउट रहे । १३ बलमा उनले २ छक्का र १ चौका हानेका थिए ।

टस जितेर ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतक मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार