शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

  • बुधबार, अशोज १०, २०८०
अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं — नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ ।

चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित गरेको हो ।

२०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो । उक्त रेकर्ड मंगोलियाविरुद्धको खेलमा नेपालले ब्रेक गरेको हो ।

नेपाली ब्याटर कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले कीर्तिमानी जित दर्ता गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार