अज्ञात रोगले बाख्रा मर्न थाले
जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रा अज्ञात रोगले मर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । ज्वरो आउने, कान सुन्निने, सिङको फेदमा सुन्निने, नाक थुन्निने, श्वास फेर्न गा¥हो हुनेजस्ता लक्षण देखिएको केही दिनमै बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका हुन् । गत असारदेखि फैलिएको अज्ञात रोगका कारण धमाधम बाख्रा मरेपछि दुवै गाउँपालिकाका अधिकांश किसानका […]