शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • ५० हजार ४११ संक्रमित निको भए, अब देशभर १८ हजार ४३७ सक्रिय संक्रमित

५० हजार ४११ संक्रमित निको भए, अब देशभर १८ हजार ४३७ सक्रिय संक्रमित

  • बिहिबार, अशोज ८, २०७७
५० हजार ४११ संक्रमित निको भए, अब देशभर १८ हजार ४३७ सक्रिय संक्रमित

काठमाडौं —  देशभर कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ४ सय ५७ जना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या ५० हजार ४ सय ११ पुगेको जानकारी दिए ।

आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ६ सय, प्रदेश नम्बर २ मा १२ हजार ८ सय ५, बागमती प्रदेशमा ३ हजार ७२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ४८ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ८ सय २५, कर्णाली प्रदेशमा २ हजार ७ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ३ सय ७० गरी देशभरी ५० हजार ४ सय ११ जना संक्रमित डिस्चार्ज भएका हुन् ।

अब देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन् । हालसम्म देशभर निको हुनेसहित संक्रमितको कुल संख्या ६९ हजार ३०१ रहेको छ।

चर्चामा

सम्बन्धित समाचार