सोमवार, कार्तिक १०, २०७७
  • होमपेज
  • समाज
  • अज्ञात रोगले बाख्रा मर्न थाले

अज्ञात रोगले बाख्रा मर्न थाले

  • शुक्रबार, अशोज ९, २०७७
अज्ञात रोगले बाख्रा मर्न थाले
फाइल तस्बीर

जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रा अज्ञात रोगले मर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । ज्वरो आउने, कान सुन्निने, सिङको फेदमा सुन्निने, नाक थुन्निने, श्वास फेर्न गा¥हो हुनेजस्ता लक्षण देखिएको केही दिनमै बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका हुन् ।

गत असारदेखि फैलिएको अज्ञात रोगका कारण धमाधम बाख्रा मरेपछि दुवै गाउँपालिकाका अधिकांश किसानका खोर नै रित्तिएको स्थानीयवासीले बताएका छन् । अज्ञात रोगले धमाधम बाख्रा मर्न थालेपछि व्यावसायिक रुपमा बाख्रा पालन गर्दै आएका किसान सबैभन्दा बढी मारमा परेका छन् ।

अज्ञात रोगले खोरमा पालिएका नौँवटा बाख्रा मर्दा खोर नै रित्तिएको जन्तेढुङ्गा गाउँपालिका–५ खुटाकी रिता खत्रीले बताइन् । “मैले पालेको बाख्रामा असारदेखि रोग देखिएको हो । आज बिरामी भएको बाख्रा भोलि खोरमै मरिरहेको हुन्थ्यो”, उनले भनिन्, “खोर नै रित्तो भएपछि पुनः चारवटा बाख्रा ल्याएर हालेको छु ।” बाख्रामा फैलिएको रोग नियन्त्रण गर्न हालसम्म गाउँपालिकाको तर्फबाट कुनै पनि प्रयास नभएको किसानको गुनासो छ । अज्ञात रोगबाट बाख्रा मर्नेक्रम अहिले पनि जारी रहेको खुटाकै स्थानीय बासिन्दा मिनबहादुर खड्काले बताए ।

अज्ञात रोगले खुटाका ढकबहादुर परियारको पाँचवटा बाख्रा र दुईवटा खसी, गोपाल पौडेलको तीनवटा बोका, एकवटा खसी र एकवटा बाख्रा, गणेश खड्काको एकवटा खसी, दुर्गा खड्काको तीनवटा बोका, डाईश्वर कार्कीको एक वटा बोका मरिसकेका छन् । यसबीचमा बलबहादुर खड्काको सातवटा, झुना खत्रीको पाँचवटा, मिनबहादुर खड्काको छवटा, जितबहादुर कार्की र वीरबहादुर खड्काको चार÷चारवटा, जानुका खड्काको तीनवटा र शुभ सुवेदीको चारवटा बाख्रा मरिसकेको जनाइएको छ ।

बाख्रामा फैलिएको रोगको विषयमा हालसम्म कसैले पनि जानकारी नगराएको गाउँपालिकाका पशु शाखा संयोजक मनमायाँ योन्जनले बताइन् । “अहिलेसम्म बाख्रामा देखिएको समस्याको बारेमा कसैबाट पनि जानकारी आएको छैन”, उनले भनिन्, “जानकारी आएको खण्डमा तत्काल प्राविधिकलाई फिल्डमा पठाएर औषधि उपचार गरिनेछ । गत वर्ष पनि यस गाउँपालिकामा बाख्रामा अज्ञात रोग देखा परेकाले यसवर्ष समयमै औषधि ल्याएर पूर्व तयारी गरिएको छ ।”

उता, खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रामा समेत अज्ञात रोग देखा परेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर–१ लिकुवापोखरीका भविन कार्की र प्रेमकुमार राईको बाख्रा फर्ममा पालिएका बाख्रा धमाधम मर्ने क्रम जारी रहेको बताइएको छ । अहिलेसम्म उक्त गाउँपालिकाको वडा नम्बर–७ खोटाङबजारका लोमस ढकालका चारवटा, तुलसीराम चौलागाईँको छ, डम्बर चौलागाईँको सात, गोपाल ढकालको पाँच, मानबहादुर मगरको सातवटा बाख्रा मरिसकेको जनाइएको छ । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका विभिन्न वडाका किसानले पालेका बाख्रामा समेत अज्ञात रोग देखा परेको किसानले बताएका छन् ।

जिल्लाका किसानले पालेका बाख्रामा फैलिएको अज्ञात रोगका बारेमा अहिलेसम्म आफूसँग कुनै जानकारी नआएको भेटेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङका प्रमुख चन्द्रकिशोर यादवले बताए । “पीडित किसानबाट अहिलेसम्म गुनासो आएको छैन”, उनले भने, “सम्बन्धित क्षेत्रमा खटिएका प्राविधिकसँग समन्वय गरेर किसानको समस्या हल गरिनेछ ।” दश स्थानीय तह रहेको जिल्लाका विभिन्न ठाउँका किसानले पालेका बाख्रामा गत वर्ष पनि अज्ञात रोग फैलिएको थियो । जिल्लाका अधिकांश किसानले व्यावसायिक रुपमा बाख्रा पालन शुरु गरेका छन् । रासस

चर्चामा

सम्बन्धित समाचार

स्टोक्सको शतकमा राजस्थानले मुम्बईलाई हरायो

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको दसैं शुभकामना

उदाउदै गरेका दिपेश समर्पण
उदाउदै गरेका दिपेश समर्पण
‘परदेशी आयो कोशेली ल्यायो’ गितको म्युजिक भिडियो सार्वजनिक

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

आज बडादशैँ, बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइतधनगढीः दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।  आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र  जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा रहेको जनाएको छ ।    टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १० बजेर १९ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले  जानकारी दिए । विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले बताए ।  “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ” धर्मशास्त्रविद् प्रा डा गौतमले भने ।   लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने  आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले सुनाए ।  आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।  कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले  जमराको रस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।    घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो ।  असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशँैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।  आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।  गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।    विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ  आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे ।   ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।  शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।  विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।   यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गादेवीको स्वरुप मानेर  आशीर्वाद दिइन्छः   जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी  ।  दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।  आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सुरक्षित हुनुपर्नेछ । मान्यजनसँग आशीर्वाद लिन जाँदा तिनैलाई जोखिममा नपार्ने गरी सचेतता अपनाउन समितिले आह्वान गरेको छ ।   तुलजा भवानी यात्रा   महानवमीका अवसरमा आइतबार हनुमानढोकास्थित तलेजु भवानी मन्दिर कोरोनाको त्रासका कारण नखुले पनि भौतिक दूरी कायम गरी सोमबार तुलजा भवानी यात्रा भने गरिने जनाइएको छ । तलेजु भवानीको मन्दिर वर्षमा एक दिन मात्र महानवमीका दिन खोल्ने प्रचलन थियो ।   समितिले दिएको साइतमा बिहान ८ ः ४७ बजे भवानी यात्रा शुरु गरिनेछ । भवानीलाई स्थिरासन भने बिहान ९ः४९ बजे नै गरिनेछ । यसैगरी खड्गयात्रा पनि सोमबार नै गरिने जनाइएको छ ।