बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बिच्छँयाका ५ सय ६१ परिवार अध्यारोमा, बिजुली बाल्ने सपना अधुरै

बिच्छँयाका ५ सय ६१ परिवार अध्यारोमा, बिजुली बाल्ने सपना अधुरै

ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाले अन्तमा आएर काम नगर्ने

  • बिहिबार, अशोज ८, २०७७
बिच्छँयाका ५ सय ६१ परिवार अध्यारोमा, बिजुली बाल्ने सपना अधुरै

बाजुरा–बाजुराको सर्वाधिक दुर्गम हिमाली गाँउपालिका बिच्छँयाका ५ सय ६१ परिवार अध्यारोमा बस्न बाध्य भएका छन् । १ बर्ष पहिला बिजुली बाल्न हौसिएका स्थानिय बासिन्दा एकाएक निराशामा परिणत भएका छन् । अझै बिजुली बाल्ने रहर पुरा हुने ठिक ठेगाना रहेको छैन् ।
ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजना (च्ख्ध्च्ःए) मार्फत फिल्यान्ड सरकार र युरोपियन युनियन, गाँउपालिका र स्थानियको श्रवदानमा गत बर्ष बिजुली बाल्ने प्रक्रियामा अगाडि बढाएको थियो । तर एकाएक ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाले काम नगर्न सक्ने बताएपछि बिच्छँया बासिको बिजुली बाल्ने सपना अधुरै रहेको बिच्छँया खोला लघुजलबिद्युक्त बहुउद्देश्यरी सहकारी संस्थाका अध्यक्ष धर्म बहादुर रोकायाले वताएका छन् ।
बिजुली बाल्ने भएपछि स्थानिय बासिन्दा बिजुली बाल्न सक्रिय भएका थिए । गाँउलाई अन्धकारमुक्त बनाउनका लागि बिजुली बाल्न सक्रिय साथ लागेका थिए । तर अहिले ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाले काम नगर्ने भएपछि बिजुली बाल्ने सपना अधुरै रहेको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् । अरु संस्था सँग पनि पहल भइरहेको छ, बिजुली बाल्न प्रयासमा लागिरहेको मल्लले वताए ।
बिच्छँया साविकको १ गाबिस हो । अहिले वडा नम्बर १, २ र ३ पर्ने गरेका छन् । बिच्छँयाका सबै बासिन्दाको अहिले पहिलो प्राथमिकता बिजुली बाल्न प्रयास रहेको थियो । २०७७ मा गाँउमा बिजुली बाल्ने गरी १ सय किलोवाट बिधुक्त उत्पादन हुने गरि परियोजनाले काम शुरु गर्ने वताएको थियो । हिमाली गाँउपालिका १ बिच्छँया खोलामा बिजुली उत्पादन हुने योजना थियो । यो ठाँउ बाजुराको सदरमुकाम मार्तडी बाट तिन दिन भन्दा बढि समय लाग्ने ठाँउ हो । बर्षौ देखी झरोको साहारामा उज्यालो बाल्दै आएका छन् ।
स्थानियले बिजुली बाल्नका लागि स्थानिय निकै सक्रिय भएका थिए । २० प्रतिशत श्रबदान सँगै नगद पैशा समेत संक्रलन समेत गरिरहेका छन् । स्थानियले ७ लाख ९० हजार ६ सय संकलन गरिसकेका थिए । बिजुली बाल्न ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजना (च्ख्ध्च्ःए) मार्फत फिल्यान्ड सरकार र युरोपियन युनियन, गाँउपालिका र स्थानियको श्रवदान गरि ६ करोड बराबर लगानी सम्पन्न हुने वताएको थियो । तर समय छोटो र परियोजनाको अबधि सकिने भएकाले काम गर्न नसकिएको ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाका जलस्रोत सल्लाहकार नरविर ऐडीले वताएका छन् ।
ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजना मार्फत फिल्यान्ड सरकार र युरोपियन युनियनको आर्थिक सहयोगमा हुम्ला ४ र बाजुरा १ गरि ५ वटा बिधुक्तका परियोजना निर्माण गर्ने भनेपनि अब कुनै पनि योजना निर्माण नहुने ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाले वताएको छ । बिच्छँयामा बिजुली बाल्नका लागि काधुरी नामक गैरसरकारी संस्थाले अध्यन शुरु गरिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार