शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • हिमाली गाँउपालिकाले शुरु गरयो कर्णाली नदीमा र्‍याप्टिङ्ग

हिमाली गाँउपालिकाले शुरु गरयो कर्णाली नदीमा र्‍याप्टिङ्ग

  • शुक्रबार, अशोज ९, २०७७
हिमाली गाँउपालिकाले शुरु गरयो कर्णाली नदीमा र्‍याप्टिङ्ग

बाजुरा–बाजुराको हिमाली गाँउपालिकाले आन्तरिक तथा बाह्य पर्यटकहरुको मनोरन्जनका लागि बाजुरा भागमा पर्ने कर्णाली नदीमा र्‍याप्टिङ्ग सेवा संचालनमा ल्याईएको छ । कर्णाली जलपर्यटन प्रवद्र्धनका लागि हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर देखि पिलुचौर सम्म र्‍याप्टिङ्ग संचालनमा आएको गाँउपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् ।
हिमाली गाउँपालिकाको आर्थिक सहयोग र रारा कैलाश टुर एण्ड कर्णाली ट्रेल नेपालको समन्वयमा ¥याप्टिङ्ग सञ्चालन भइरहेको छ । कर्णाली संरक्षण, उपयोग र व्यवस्थापन गर्दैे स्थानीयलाई रोजगारीको सृजना गरि पर्यटन प्रवद्धन गराउने उदेश्यले सञ्चालन गरीएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाहीले वताएका छन् ।
हिमाली गाँउपालिकाले कर्णाली क्षेत्र पर्यटकीय सम्भावनका दृष्टिले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गर्न र गाउँपालिकाको आम्दानीको श्रोतमा बृद्धि गर्न कर्णाली नदीमा र्‍याप्टिङ्ग सेवा संचालनमा ल्याएको गाँउपालिकाले वताएको छ । गाउँपालिकाले र्‍याप्टिङ्ग सेवा संचालन गर्नका आर्थिक बर्ष ०७६।०७७ मा ९ लाख ५० हजार रकम लगानि गरेको थियो । यो अािर्थक बर्ष १० लाख रहेको गाँउपालिकाले जनाएको छ ।
र्‍याप्टिङ्ग सेवा कर्णाली नदीमा दैनिक संचालन गर्नका लागि गाउँपालिकाले निश्चित मापदण्ड तयार पारेको छ । र्‍याप्टिङ्ग सेवालाई निरन्तरता दिई सर्वसाधारण जनताहरुको पनि पहुँच बृद्धि गर्ने गाउँपालिकाले बताएको छ । कर्णाली नदीमा संचालन भएको र्‍याप्टिङ्ग सेवामा सबैको पहुँच पुगाउने र आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि ¥याप्टिङ्ग सेवा गरेवाफतको दैनिक शुल्क निर्धारण गरिने गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताएका छन् ।
जिल्लाकै मुख्य आकर्षक केन्द्र विन्दुका रुपमा बग्ने कर्णाली नदीमा र्‍याप्टिङ्ग सेवा विस्तार भएसंगै आन्तरिक तथा बाह्य पर्यटकहरुको भिडनै लागेको छ । कर्णाली नदीमा र्‍याप्टिङ्ग सेवा सूरुवात गरेपछि बाहिरबाट आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई र्‍याप्टिङ्गमा मनोरन्जन गरिसकेपछि बस्ने व्यवस्था गर्ने र पर्यटकहरुको संख्याको आधारमा याप्टिङ्गहरु थप्दै जाने योजना रहेको नागरिक समाजका अगुवा जनेश भण्डारीले वताएका छन् । यो क्षेत्र खप्तड देखी रारा पदमार्गको बिच भागमा पर्ने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार