शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • ११ करोड ८२ लाख जरिवाना तोकिएकी फरार अभियुक्त पक्राउ

११ करोड ८२ लाख जरिवाना तोकिएकी फरार अभियुक्त पक्राउ

  • शुक्रबार, अशोज ९, २०७७
११ करोड ८२ लाख जरिवाना तोकिएकी फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्धामा ३ वर्ष कैद र ११ करोड ८२ लाख ९२ हजार जरिवाना हुने फैसला सुनाइएकी जयन्ती केसीलाई प्रहरीले पक्रेको छ ।

५६ वर्षीया केसीलाई काभ्रेको बनेपा नगरपालिका–६ बाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । उनि बनेपा–६ बुडोलकी स्थानिय हुन् । उच्च अदालत पाटनले ०७१ वैशाख २९ मा बैंकिङ कसुरका दुईवटा मुद्धामा उनलाई ११ करोड ८२ लाख ९२ हजार जरिवाना हुने फैसला गरेको थियो ।

३ वर्ष जेल सजाय समेत तोकिएकी केसीलाई ईलाका प्रहरी कार्यालय बनेपाका इन्सपेक्टर योगेन्द्र तिमिल्सिना नेतृत्वको टोलीले पक्राउ गरेको हो । अदालतको फैसलापछि उनी फरार थिइन् । पक्राउ पछि जिल्ला अदालत काभ्रेपलाञ्चोकको आदेशले उनलाई धुलिखेल कारागारमा थुनामा पठाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार