एमाले बैठकको एजेण्डामै परेन घनश्याम भूसाललाई कारबाहीको प्रस्ताव
नेकपा एमालेको सचिवालय बैठकका लागि केन्द्रीय कार्यालय समितिले प्रस्ताव तयार पारेको छ । च्यासलस्थित एमाले मुख्यालय आइतबार बसेको केन्द्रीय कार्यालय समितिको बैठकले स्थानीय चुनावको समीक्षालाई छलफलको मुख्य एजेण्डा बनाएको छ । सचिव गोकर्ण विष्टका अनुसार स्थानीय चुनावको समीक्षा, जनप्रतिनिधिलाई प्रशिक्षण, पार्टीका विभिन्न विभागलाई पूर्णता दिने र राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकामाथि सचिवालय बैठकमा छलफल हुनेछ । […]