बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा नेकपा एकिकृत समाजबादी पार्टी शून्यमा

बाजुरामा नेकपा एकिकृत समाजबादी पार्टी शून्यमा

  • शनिबार, असार २५, २०७९
बाजुरामा नेकपा एकिकृत समाजबादी पार्टी शून्यमा

बाजुरा — स्थानिय तह निर्बाचनमा बाजुराबाट नेकपा एकिकृत समाजबादी सून्यमा रहेको छ । स्थानिय तह निर्बाचनमा स्वामिकार्तिक खापर गाउँपालिका लगायतका अन्य स्थानिय तहका केही वडाहरुमा जित्ने आँकडा गरेको नेकपा एकिकृत समाजबादी पार्टीको कुनै वडामा पनि जित्न सकेन। हालै सम्पन्न बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणम अनुसार नेकपा एकिकृत समाजबादीले बुढिगंगा नगरपालिका वडा न ९ मा राम्रो पकट मानेकाे भए पनि हार बेहोर्नु परेको छ ।

एमालेका मिन बहादुर सिहंले गठबन्धनका उम्मेदवार एकिकृत समाजबादीका नेता भरत थापालाई हराउदै सिहं बिजयी भएका छन । वडा न ९ पनि नेकपा एकिकृत समाजबादीले गुमाए संगै नेकपा एकिकृत समाजबादी शुन्यमा झरेको छ । विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा बाट एमालेका मेयरको ५ सय ४२ काँग्रेस मेयरको २ सय ५६ र एमाले उपमेयर ५ सय ४२ काँग्रेस उपमेयर २ सय ६० मत ल्याएका छन् ।

असार २३ गते सम्पन्न स्थानिय तहको निर्बाचन पछि सुक्रबार दिउँसो १ बजेबाट मतगणना सुरु भएको थियो । अहिले सम्म बुढिगंगा नगरपालिका वडा न १, ९ र १० को गणना सम्पन्न भएको छ । मतगणना सम्पन्न वडाहरुमा नेकपा एमालेका उम्मेदवारहरुको प्यानल सहित बिजयी भएका छन । वडा नम्बर २ को मतगणना भइरहेको छ र केही समयमै वडा न २ को अन्तीम मत परिणाम आउने भएको छ ।
अहिलेसम्म ३ हजार ६ सय ४८ मतगणना सकिएको छ ।

नेकपा एमाले नगर प्रमुखका उम्मेदवार राम बहादुर बानियाँ २ हजार १ सय ९६ मत ल्याएका छन । त्यसै गरी नेकपा एमालेकै उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) २ हजार १ सय ७२ मत सहित नेकपा एमालेको अग्रता कायम रहेको छ । नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार रंग बहादुर खातीले १२३९ ल्याएका छन भने उप प्रमुखका उम्मेदवार रिता शाही १ हजार २ सय ६२ मत सहित पछाडी परेका छन । नेपाली काँग्रेसको बर्चस्व भनिएका वडा न ४ र ७ को गणना हुन बाकी रहेको छ । अन्य वडाहरु एमालेकै बचर्स्व मानिएका छन ।

चर्चामा

सम्बन्धित समाचार