शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • बुढिगंगा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीद्धारा तुल्सीको बिरुवा रोपेर बिजय जुलुसको सुरुवात

बुढिगंगा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीद्धारा तुल्सीको बिरुवा रोपेर बिजय जुलुसको सुरुवात

  • आइतवार, असार २६, २०७९
बुढिगंगा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीद्धारा तुल्सीको बिरुवा रोपेर बिजय जुलुसको सुरुवात

बाजुरा — बाजुरा जिल्लो बुढिगंगा नगरपालिकाका नेकपा एमालेबाट जितेका जन प्रतिनिधीहरुले तुलसीको बिरुवा रोपेर बिजय जुलुसको सुरुवात गरेका छन । २३ गते सम्पन्न मतदान पश्चात आईतबार दिउँसो मतगणना सम्पन्न भएको र आजै हरिशयनी एकादशी तथा तुल्सी रोप्ने दिन पनि परेकोले  तुल्सीको बिरुवा रोपेर बिजय जुलुसको सुरुवात गरेको नेकपा एमाले बुढिगंगा नगर कमिटि अध्यक्ष नरेन्द्र थापाले बताएका छन ।

हिन्दु प्ररमपरा अनुसार हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी  गरिने विशेष पूजा आराधना अवसरमा तुल्सी राेपेर बिजयी जुलुसलाइ अगाडी बढाएकाे नेकपा एमाले बुढिग‌गां नगर कमिटिले जनाएकाे छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यतासमेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिक रुपमा पुष्टि भएको छ ।

१० ओटा वडा रहेको बुढिगंगा नगरपालिकामा ७ ओटा वडामा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार बिजयी भएका छन्,भने नेपाली कांग्रेस ३ वडामा सिमित भएको छ । वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन ।

चर्चामा

सम्बन्धित समाचार