शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकामा मेयर उपमेयरमा एमाले उम्मेदवार बिजयी

बुढिगंगा नगरपालिकामा मेयर उपमेयरमा एमाले उम्मेदवार बिजयी

१० वडामा ७ मा एमाले ३ मा काँग्रेस विजयी

  • आइतवार, असार २६, २०७९
बुढिगंगा नगरपालिकामा मेयर उपमेयरमा एमाले उम्मेदवार बिजयी

बाजुरा–बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएको छन । नगर प्रमुखमा राम बहादुर बानिया र नगर उप प्रमुखमा माया कुमारी खड्का (कुवँर) बिजयी भएका छन ।
उनले गठबन्धनका उम्मेदवारलाई हराउदै नगर प्रमुख र उपप्रमुखमा बिजयी भएका हुन । नगर प्रमुखका उम्मेदवार बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएर बिजयी भएका छन भने उप प्रमुख कुवँरले ४ हजार ७ सय २७ मत ल्याएकी छन । उनका निकटतम प्रतिदन्द्धी नेपाली काँग्रेसका नगर प्रमुख रङ्ग बहादुर खातीले ३ हजार ७ सय ७४ मत ल्याएर पराजीत भएका छन् । काँग्रेसका उप प्रमुखकी उम्मेदवार रिता शाही ( शाह) ले ३ हजार ७ सय ५५ मत ल्याएर पराजित भएकी छन ।
विजयी नगरप्रमुख बाँनिया र उपप्रमुख कुवर २०७४ सालको स्थानिय चुनावमा सोही पदमा काँग्रेस सँगै पराजय भएका थिए । काँग्रेसले दुबै पदमा नयाँ अनुहारलाइ टिकट दिएको थियो, भने एमालेले २०७४ सालका उम्मेदवारलाइ नै टिकट दिएको थिए ।
१० ओटा वडा रहेको बुढिगंगा नगरपालिकामा ७ ओटा वडामा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार बिजयी भएका छन्, । नेपाली कांग्रेस ३ वडामा सिमित भएको छ । वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन । वडानम्बर ४, ७ र ८ मा नेपाली काँग्रेस बिजयी भएको छ । २०७४ मा ६ वडा जितेको एमालेले यो पटक भने ७ वटा जितेको छ ।
बुढिगंगा नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार रण बहादुर थापा विजयी भएका छन् । २ मा नेकपा एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन् । ३ मा नेकपा एमाले उम्मेदवार खडक बहादुर अधिकारी विजयी भएका छन् ।
त्यस्तै ४ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार मीन बहादुर शाह विजयी भएका छन् । वडा न ५ मा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार चक्र बहादुर थापा वडा न ६ मा नेकपा एमालेका उम्मेदवार हेमराज जैशी बिजयी भएका छन । वडा नम्मर ७ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार भुवन सिहं केसी विजयी भएका छन् । वडा नम्मर ८ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी भएका छन् ।
वडा नम्मर ९ मा गठबन्धनका उम्मेदवार भरत थापालाई हराउदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह विजयी भएका छन् । १० मा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउँद विजयी भएका छन् । बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।
बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।
वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । बैशाख ३० मा भएको चुनावमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको स्थानीयको भनाइ छ । २, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गरेका थिए । यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए ।
नगरपालिकाको वडा नम्बर ४ मा बुथ कब्जा गरेर ९९ दशमलव ४१ प्रतिशतसम्म मत खसाइएको थियो । एमालेले कब्जा गरेका भनिएका २, ३, ५ र ९ मा प्रहरी मतेपटिका मतदान केन्द्रमै छाडेर हिँडेका थिए । तर काँग्रेसले कब्जा गरेको भनिएका ७ र ९ मा प्रहरीले संरक्षण गरिरहेको थियो । बुढीगंगाको विवाद अध्ययन गर्न निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोलीले स्थलगत अध्ययन गरेर फिर्ता गएको थियो । निर्वाचन आयोगले नगरपालिकाको चुनाव स्थित गरेर पुन निर्वाचन गर्ने निर्णय गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार