शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • बुढीगंगा नगरपालिकाका नवनिर्बाचित प्रमुख बाँनियाले लिए पद तथा गोपनियताको शपथ

बुढीगंगा नगरपालिकाका नवनिर्बाचित प्रमुख बाँनियाले लिए पद तथा गोपनियताको शपथ

  • सोमवार, असार २७, २०७९
बुढीगंगा नगरपालिकाका नवनिर्बाचित प्रमुख बाँनियाले लिए पद तथा गोपनियताको शपथ

बाजुरा–  बढीगंगा नगरपालिकाका नवनिर्बाचित नगर प्रमुख रामबहादुर बाँनियाले पद तथा गोपनियताको शपग ग्रहण लिएका छन् । असार २३ गते सम्मपन्न निर्बाचनबाट असार २६ गते आएको अन्तिम मतपरिणाम अनुसार नगर प्रमुख बाँनियाले पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् ।
नवनिर्वाचित नगर प्रमुख बाँनियालाई असार २७ गते बडिमालिका नगरपालिकाको सभ हलमा जिल्ला अदालत बाजुराका न्यायाधीस एवं मुख्य निर्बाचन अधिकृत्त माधव प्रसाद घिमेरी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नगर प्रमुखले आजै उप प्रमुख तथा पालिकाका अन्य जनप्रतिनिधिहरुलाई पनि पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताए ।
बैशाख ३० गते भएको स्थानिय तहको निर्बाचनमा धादली भएको भन्दै पालिकाको निर्बाचन रद्ध गरिएको थियो । रद्ध गरिएको निर्बाचन असार २३ गते भएपछि २६ गते अन्तिम मत परिणाम आएको थियो ।

चर्चामा

सम्बन्धित समाचार