शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • राजनीति
  • बुढिगंगा मतगणना अपडेट : ७ हजार ४ सय १७ गणना हुदा एमालेको अग्रता

बुढिगंगा मतगणना अपडेट : ७ हजार ४ सय १७ गणना हुदा एमालेको अग्रता

मेयरमा ७ सय ८० र उपमेयरमा ६ सयले अग्रता

  • आइतवार, असार २६, २०७९
बुढिगंगा मतगणना अपडेट : ७ हजार ४ सय १७ गणना हुदा एमालेको अग्रता

बाजुरा — बुढिगंगा नगरपालिकामा ७ हजार ४ सय १९ मतगणना हुदा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेका नगरप्रमुखका उम्मेदवार राम बहादुर बाँनियाले ३ हजार ८ सय ८१ मत ल्याएका छन्, भने काँग्रेसका नगरप्रमुखका उम्मेदवार रङ्ग बहादुर खातिले ३ हजार १ सय १ मत प्राप्त गरेका छन् । मेयरमा एमालेले ७ सय ८० को अग्रता कायम राखेको छ ।
त्यस्तै नेकपा एमालेका उपप्रमुखका उम्मेदवार माया कुमारी खडकाले ३ हजार ७ सय ५३ मत ल्याएकि छन् भने काँग्रेसका उपप्रमुखका उम्मेदवार रिता शाहिले ३ हजार १ सय ५३ मत ल्याएकि छन् । उपप्रमुखमा ६ सयले एमाले अगाडि रहेको छ । अब वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ । ११ बजे भित्र पुरै मतपरिणाम आइसक्ने निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।
बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणमअनुसार नेकपा एमालेको अग्रता कायमै रहेको छ । बुढिगंगा नगरपालिका वडा न १, २, ९, १०, ८, ७, ४ र ३ को गणना सम्पन्न भएको छ ।
८ वटा वडाको मतगणना सकिएको छ । अब २ वटा वडाको गणना बाँकि रहेको छ । मतगणना सकिएको १, २, ३, ९ र १० नम्बर वडामा एमाले विजयी भएका छन् । वडा नम्बर ४, ७ र ८ मा काँग्रेस विजयी भएका छन् ।
वडा नम्बर ८ मा भने एमालेका बिराज रावललाइ पराजित गर्दै नेपाली काँग्रेसका रमेश बहादुर रावल विजयी भएका छन् । त्यस्तै वडा नम्बर ४ मा एमालेका प्रकाश बहादुर रावतलाइ पराजय गर्दै नेपाली काँग्रेसका मिन बहादुर शाह विजयी भएका छन् । वडा नम्बर ७ मा काँग्रेसका भुवन सिंह केसी विजयी भएका छन् । उनले एमालेका मन्नामे बिष्टलाइ पराजय गरेका हुन् ।
बुढिगंगा नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार रण बहादुर थापा काँग्रेसका उम्मेदवार लोग बहादुर थापालाई पराजित गर्दै थापा विजयी भएका छन् । त्यस्तै बुढिगंगा नगरपालिका १० मा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउदले काँग्रेसका उम्मेदवार मोहन बहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका छन् । वडा नम्बर ९ मा गठबन्धनका उम्मेदवार समाजवादिका भरत बहादुर थापालाई नेकपा एमालेका मिन बहादुर सिंह विजयी भएका छन् ।
वडा नम्बर २ एमालेका उम्मेदवार पदम भण्डारी विजयी भएका छन् । काँग्रेसका नर बहादुर थापा पराजित भएका छन् । वडा नम्बर तिन मा एमालेका खड्क अधिकारीले काँग्रेसका गोरख बहादुर रौलेलाई पराजित गरेका छन् ।
बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।
बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार