एक हजार बढी नयाँ पेट्रोल पम्पको आवेदन रद्द
नेपाल आयल निगमले मापदण्डविपरीत आवेदन परेपछि एक हजार बढी नयाँ पेट्रोलपम्प (बिक्रेता) को आवेदन रद्द गरेको छ । नयाँ बिक्रेताका लागि परेका निवेदन एकै स्थान विशेषमा नै एकीकृत हुने गरी आएकाले एक हजार २५ आवेदन रद्द गरिएको निगमले जनाएको छ । जनसङ्ख्या, भूगोल, सवारी साधनको सङ्ख्या एवं सड़क घनत्वका आधारमा आवेदन नपरेको निगमले जनाएको छ […]