शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कस्तो अवस्थामा पानी पिउँदा हानिकारक हुन्छ ?

कस्तो अवस्थामा पानी पिउँदा हानिकारक हुन्छ ?

  • शुक्रबार, असार ४, २०७८
कस्तो अवस्थामा पानी पिउँदा हानिकारक हुन्छ ?

पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन कल्पना गर्न सम्म सकिँदैन । तसर्थ हामीले बेलाबेलामा पानी पिइरहनु पर्दछ । तर कतिसम्म र कसरी पानी खाने ?

आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ । त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन ३ लिटर र ठूलो ज्यान भएकाहरूले ४ लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ । यसका साथै निम्न अवस्थामा पानी खानु हुँदैन ।

– कतै बाहिरबाट हिँडेर आउनासाथ
– कुनै काम गर्दा बेस्कन थाकेको बेला
– कुनै व्यायाम वा खेलपछि असिनपसिन भएको बेला
– कुनै पनि कडा शारीरिक श्रम गरेर आउनसाथ
– ओच्छ्यानमा पल्टिएको बेला
– दिसा वा पिसाब गरेर आउनासाथ
– दूध खाइरहेको बेलामा
– चिया खादैँ गरेको बेलामा
– चना खाइरहेको बेलामा
– कुनै पनि भोजन गरिरहेको बेला
– भोजन गरी सक्ने बित्तिकै
– व्रत सकिनासाथ एकै पटक धेरै पानी नपिउने

माथि उल्लेखित अवस्थामा बिर्सेर पनि पानी पिउनु हुदैँन । यसको साटा ति काम गरेको केहि समयपछि र व्रत सकिनासाथ थोरै पानी पिउने र बिस्तारै मात्रा बढाउँदै लानु पर्दछ ।

चर्चामा

सम्बन्धित समाचार