बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • उर्लिदैँ आयो सेती नदी,पतँनजली योग शिबिर र आयुर्बेदिक उच्च जोखिममा

उर्लिदैँ आयो सेती नदी,पतँनजली योग शिबिर र आयुर्बेदिक उच्च जोखिममा

  • शुक्रबार, असार ४, २०७८
उर्लिदैँ आयो सेती नदी,पतँनजली योग शिबिर र आयुर्बेदिक उच्च जोखिममा

अर्थ जङ्ग शाही/ बझाङ्ग — लगातार अबिरल बर्षाका कारण सदरमुकाम चैन्पुर उच्च जोखिममा परेको छ। उर्लिदैँ आएको सेती नदीको भेलले कटान गर्दै गएपछि पँतनजलि योग शिबिर र आयुरबेर्दिक लाई उच्च जोखिम भएको छ।

कतै चैन्पुर बजार सिन्दुपाल्चोक जस्तै त हुने होईन् कि भनेर चैन्पुरका स्थानियबासीहरु एक आपसमा कुरा गरेर डराईरहेका छन्। राती कतै बढ्दो सेतीको उर्ला भेल आएर चैन्पुर बजार नै बगाउने हो कि भनि चैन्पुरबासी चिन्तित परेका छन्।

नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय बझाङले बाढी खतराको संकेतनजिक पुगेकाले सावधानी अपनाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बझाङले नदीको बहाव बढेकाले काठ उतार्न, माछा मार्न, नदी तथा खोलानजिक नजान आग्रह गरेको छ । प्रशासनले नदी, खोलानजिक गएर दाउरा, बालुवा, गिट्टी, संकलन नगर्न र नदी खोलामा नुहाउन, माछा मार्न तथा जरुरी कामबाहेक एक्लै हिँड्ने काम नगरी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार