जुवाखालबाट ६ जना पक्राउ
काठमाडौंको कोटेश्वरस्थित नरेफाँटमा स१चालित जुवा खालमा प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ । मंगलबार राति काठमाडौं–३२ नरेफाँटमा अमर लिम्बुको कोठामा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । पक्राउ पर्नेमा रौतहट घर भएका निलबहादुर रानामगर, ललितपुर घर भएका रामबहादुर घलान, मोरङका विकास गजमेर, रामेछापका […]