बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • जुवाखालबाट ६ जना पक्राउ

जुवाखालबाट ६ जना पक्राउ

  • बुधबार, पुस १४, २०७८
जुवाखालबाट ६ जना पक्राउ

काठमाडौंको कोटेश्वरस्थित नरेफाँटमा स१चालित जुवा खालमा प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ । मंगलबार राति काठमाडौं–३२ नरेफाँटमा अमर लिम्बुको कोठामा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले  बताए ।

पक्राउ पर्नेमा रौतहट घर भएका निलबहादुर रानामगर, ललितपुर घर भएका रामबहादुर घलान, मोरङका विकास गजमेर, रामेछापका सुब्बा रोका र विश्वराज थापा तथा तेह्रथुम घर भएका अम्मर लिम्बु छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर सुरेशराज भट्ट नेतृत्वको टोलीले जुवा खालबाट १ लाख ४३ हजार नगद र १२ बुक तास बरामद गरेको छ । आरोपीहरुमाथि जुवा ऐनअनुसार अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।

चर्चामा

सम्बन्धित समाचार