शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • के पुरुषको उचाइ र उसको यौन जीवनबीच सम्बन्ध छ ?

के पुरुषको उचाइ र उसको यौन जीवनबीच सम्बन्ध छ ?

  • बुधबार, पुस १४, २०७८
के पुरुषको उचाइ र उसको यौन जीवनबीच सम्बन्ध छ ?

पुरुषको उचाइ र उसको यौन जीवनको विषयलाई लिएर एक रोचक अध्ययन सार्वजनिक भएको छ । ‘द जर्नल अफ सेक्सुयल मेडिसिन’ मा छापिएको एक अध्ययन अनुसार होचा पुरुष अग्ला पुरुषको तुलना बढी सेक्स गतिविधिमा संलग्न हुन्छन् ।

न्यूयोर्क युनिभर्सिटीमा उचाइ र उनीहरूको व्यवहारसँग जोडिएको केही अन्य कुराको पनि खुलासा भएको छ । कम उचाइ भएका पुरुष घरको काम धेरै गर्ने पनि अध्ययनमा देखिएको छ । यो शोध ५३१ पुरुषमा गरिएको थियो । सोसल मिडियामा सेयर गरिएको यो शोधको नतिजालाई ‘स्पाइडर म्यानका अभिनेता एक्टर टम हालेन्ड’ले लाइक गरेका छन् । उनको उचाइ ५ फिट ८ इन्च मात्रै छ ।

शोधमा सामेल जुन पुरुषको उचाइ ५ फिट ९ इन्च भन्दा कम थियो उनीहरू सेक्सुअल्ली धेरै सक्रिय भएको अध्ययनमा पाइएको थियो । महिलाहरू अग्लो, कालो र ह्यान्डसम साथीको सपना देख्छन् । तर शोधका अनुसार छोटो उचाइ भएका पुरुषहरूमा आफ्नो पार्टनरलाई डिभोर्स दिने प्रवृत्ति पनि ३२ प्रतिशत कम पाइएको छ ।

शोधमा समावेश भएका कम लम्बाई भएका पुरुष अग्लाको तुलनामा सातामा १ घण्टा बढी घरको काम गर्ने गरेको पाइएको छ । उनीहरू पैसा कमाउने मामिलामा पनि अगाडि रहेको देखिएका छन् ।एजेन्सी

चर्चामा

सम्बन्धित समाचार