शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस बिपी पार्टीको बाजुरा सभापतीमा जैशी मनोनित

नेपाली काँग्रेस बिपी पार्टीको बाजुरा सभापतीमा जैशी मनोनित

  • बुधबार, पुस १४, २०७८
नेपाली काँग्रेस बिपी पार्टीको बाजुरा सभापतीमा जैशी मनोनित

बाजुरा — प्रतिनिधि सभाको निर्वाचनको पुर्व सन्ध्यामा काग्रेसका पुराना तथा सन्त नेता हरिबोल भट्टराईको सभापतिमा पार्टी गठन भएको नेपाली काग्रेस विपी पार्टी बाजुराको जिल्ला सभापतीमा बाजुराका परलाल जोशी मनोनित भएका छन ।
पार्टीले आफ्नो संगठन बिस्तार गर्ने क्रममा बाजुरा जिल्लामा पनि पार्टी विस्तार भएको हो ।
बुढिनन्दा नगरपालिका वडा न ७ का परलाल जोशीलाई जिल्ला सभापति मनोनयन संगै जिल्ला माघको पहिलो साताबाट संगठन बिस्तार अभियान संचालन गरिने जैशीले बताएका छन ।
नेपाली काग्रेस बिपी पार्टी चुनावका लागि मात्रै नभई भ्रष्टाचार अन्याय अत्याचारको वकलत गर्ने गरि पाटीं संगठन निर्माण गरिने सपापती जैशीले बताएका छन ।
नेपाली काँग्रेस (वी पी) को भाद्र ३०,३१ र असोज १ गते सम्पन्न विषेश महाधिवेशन बाट नवनिर्वाचित कार्यसमितिहरुलाई निर्वाचित प्रमाणपत्र र पद तथा गोपनियताको सपथ एवं निवर्तमान सभापति तथा सर्वोच्च नेता हरिबोल भट्टराईले पद हस्तान्तरण गरेका थिए ।
पद हस्तान्तरण पछि नेता हरिबोल भट्टराई, नवनिर्वाचित सभापति सुशिलमान शेरचन लगाएत पदाधिकारी, केन्द्रिय सदस्य रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार