शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरिएर बालकको मृत्यु

पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरिएर बालकको मृत्यु

  • मङ्लबार, पुस १३, २०७८
पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरिएर बालकको मृत्यु

पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरिएर एक बालकको मृत्यु भएको छ । कटहरिया नगरपालिका–५ निवासी भुटलाल यादवका १२ वर्षीय छोरा मुकेश यादवको मंगलबार अपरान्ह मृत्यु भएको हो ।

पिङ खेल्दा पिङको डोरी घाँटीमा अल्झेर उनी अचेत भएका थिए । तत्काल उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ केन्द्रमा लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख एवं प्रहरी नायब निरीक्षक सुरेश गुप्ताले बताए ।

मृतक यादव जनता मावि कटहरियामा कक्षा ४ मा अध्ययन गरिरहेका थिए । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।

यसैबीच गुजरा नगरपालिका–५ ईस्लामपुर बस्ने ३२ वर्षीय मैमुल मिया मन्सुरीले आत्महत्या गरेका छन् । मंगलबार अपरान्ह आफ्नै घरभित्र घाँटीमा सलको पासो लगाई उनले आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख एवं प्रहरी निरीक्षक विष्णु विश्वकर्माले बताए ।

उनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुर पठाईएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार