बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • तमु ल्होसारमा सार्वजनिक विदा दिने सरकारको निर्णय

तमु ल्होसारमा सार्वजनिक विदा दिने सरकारको निर्णय

  • बुधबार, पुस १४, २०७८
तमु ल्होसारमा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं — सरकारले भोलि पुस १५ गतेको तमु ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । केहीबेर अघिको मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।

तर निर्णय हुनुअघि नै सामाजिक सञ्जालमा सार्वजनिक विदा हुने भनी गलत सूचना प्रवाह भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले बताए । उनले भने, ‘भर्खरैको मन्त्रिपरिषद बैठकले मात्रै यो निर्णय गरेको हो ।’

२०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चाडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै विदा हुने भनी उल्लेख थियो ।

हेर्नुस् विज्ञप्ति 

चर्चामा

सम्बन्धित समाचार