शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • ९ वर्षदेखि फरार अभियुक्त पक्राउ

९ वर्षदेखि फरार अभियुक्त पक्राउ

  • बुधबार, पुस १४, २०७८
९ वर्षदेखि फरार अभियुक्त पक्राउ

अर्घाखाँची — अर्घाखाँची प्रहरीले ९ वर्षदेखि फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ।

अनुमति विना नै रुख काटेको मुद्दामा २०६९ मा जिल्ला अदालत अर्घाखाँचीबाट ४२ हजार ५ सय ९२ रुपैयाँ जरिवाना फैसला भए पनि फरार रहेका शितगंगा नगरपालिका-११ सिद्धाराका बखानसिंह आले पक्राउ परेका हुन् ।

पक्राउ परेका आलेसँग जरिवाना असुल समेत गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख अमर थापाले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार