एमाले जनप्रतिनिधिको संकल्प : निष्पक्षता र योग्यताका आधारमा नियुक्ति
नेकपा एमालेका जनप्रतिनिधिहरुले नियुक्ति, सरुवा–बढुवा र सेवा प्रवाहमा निष्पक्षता र योग्यतालाई आधार बनाउने संकल्प गरेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको काठमाडौंमा भएको दुई दिने भेलाबाट जारी काठमाडौं संकल्पपत्रमा परिवार, आफन्तजन र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने उल्लेख छ । २० बुँदे संकल्पपत्रमा लेखिएको छ, ‘आफूले कुनै भ्रष्टाचार गर्नेछैनौं र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छौं […]