बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • मान्छेको पुर्खा माछा भएको वैज्ञानिकको दाबी

मान्छेको पुर्खा माछा भएको वैज्ञानिकको दाबी

  • बिहिबार, असार २, २०७९
मान्छेको पुर्खा माछा भएको वैज्ञानिकको दाबी

करिब एक शताब्दीभन्दा पनि अगाडि स्कटल्याण्डको खानीबाट अनौठो जिवाश्म उत्खनन गरियो । उक्त अवशेष दाँत नभएको इल माछा जस्तै एउटा जीवको थियो । वैज्ञानिकहरूले उक्त जीवलाई प्यालियोस्पोन्डीलस गुन्नी नाम दिएका थिए ।

त्यसको १ सय ३० वर्षपछि हाइ रिजोलुसन इमेजिङको प्रयोग गरी शोधकर्ताहरुले अन्ततः सोही रहस्यमय माछा नै मानिसको सबैभन्दा पूरानो पुर्खामध्ये एक रहेको दाबी गरेका छन् ।

यो सम्बन्धी रिपोर्ट नेचर जर्नलमा प्रकाशित भएको छ । टोकियो विश्वविद्यालयका जिवाश्म वैज्ञानिक तथा शोधकर्ता तत्सुया हिरासावाका अनुसार उक्त रहस्यमाया माछा झनै रहस्यमय बन्नुका कारण एउटा निके सानो आकार र जिवाश्मले आफ्नो आकारालई निकै नै खुम्चाएको हुनु हो ।

यसअघि वैज्ञानिकहरुले उक्त माछा आजभन्दा करिब ३९ करोड ८० लाखदेखि ३८ करोड ५० लाख वर्ष अगाडिसम्म पाइने गरेको बताउँथे । उक्त माछामा राम्रो प्रकारको विकसित पखेटा थियो तर हातखुट्टा थिएन । उक्त माछाको दाँत पनि थिएन जबकि अधिकांश ढाड भएका जनावरमा दाँत हुने गर्दछ ।

शोधकर्ता हिरासावा र हुले माइक्रो कम्प्युटेड टोमोग्राफी स्क्यानिङ प्रविधिको सहयोगमा यो माछाको हाइ रिजोलुसन डिजिटल तस्वीर तयार पारेका छन् ।

यो माछाको भित्री लकानमा अर्ध वृत्ताकार सुरुङहरु रहेका जुन आजकलका माछा, पंक्षी तथा स्तनधारी जनावरमा पनि हुने गर्दछन् । यो जीव सबैखालका चार हातखुट्टा भएका जीवको पूर्वज हुनसक्ने वैज्ञानिकको दाबी छ । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार