शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • क्रिकेट
  • भुटानलाई हराउँदै नेपालको सुखद सुरुवात

भुटानलाई हराउँदै नेपालको सुखद सुरुवात

  • शुक्रबार, असार ३, २०७९
भुटानलाई हराउँदै नेपालको सुखद सुरुवात

काठमाडौं — एसीसी महिला टी २० च्याम्पियनसिपमा भुटानलाई हराउँदै नेपालले सुखद सुरुवात गरेको छ। मलेसियाको क्वाललम्पुरस्थित युकेएम वाइएसडी क्रिकेट मैदानमा सम्पन्न खेलमा भुटानमाथि ५० रनको जित निकाल्दै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो। नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २४ रन बनाउँदा कप्तान रुबिना क्षेत्रीले २१ र इन्दु वर्माले २० रनको योगदान दिए। बलिङतर्फ भुटानको सोनम पाल्डोनले सर्वाधिक ४ विकेट लिँदा अञ्जु गुरुङ र टासी छेकीले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा भुटानी टोली ४४ रनमा अलआउट हुन पुग्यो। नेपालकी संगिता राईले घातक बलिङ गर्दै २.४ ओभर बलिङगर्दै ६ रन दिएर ४ विकेट लिइन्। त्यस्तै कविता कुँवर र सीता राना मगरले समान २ विकेट लिँदा अस्मिना कर्माचार्य र इन्दु वर्माले समान १ विकेट लिए।

नेपालले अब १८ जुनमा कुवेत, २० जुनमा बहराइन र २१ मा हङकङसँग खेल्ने तालिका रहेको छ।

चर्चामा

सम्बन्धित समाचार