बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप : नेपालले आज भुटानको सामना गर्दै

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप : नेपालले आज भुटानको सामना गर्दै

  • शुक्रबार, असार ३, २०७९
एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप : नेपालले आज भुटानको सामना गर्दै

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप आजबाट मलेसियामा सुरु हुँदैछ । पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्ने भएको छ ।

यूएसडी यूकेएम ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ८:४५ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

च्याम्पियनसिपमा नेपाल समूह बीु मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह ‘ए’ मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार