आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुने
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सकमाथि लाठीचार्जको घटनाको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने जनाएको छ । शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलाई प्रहरीले लाठ्ठीचार्ज गरी घाइते बनाएको थियो । संघको केन्द्रीय कार्यकारिणी समितिको शनिबार बसेको आकस्मिक बैठकले भोलि एक दिन देशभरका सरकारी तथा गैरसकारी, निजी, […]