शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिल्ला अस्पाताल बाजुरामा सम्पन्न ३ दिने स्वास्थ्य शिबिरबाट ६ सय २८ जना लाभान्वित

जिल्ला अस्पाताल बाजुरामा सम्पन्न ३ दिने स्वास्थ्य शिबिरबाट ६ सय २८ जना लाभान्वित

  • आइतवार, माघ २९, २०७९
जिल्ला अस्पाताल बाजुरामा सम्पन्न ३ दिने स्वास्थ्य शिबिरबाट ६ सय २८ जना लाभान्वित

बाजुरा — जिल्ला अस्पताल बाजुरामा गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा निशुल्क स्वास्थ्य शिबिरबाट ६ सय २८ जना लाभान्वित भएका छन । तिन दिनसम्म संचालन भएको शिबिर बाट नाक कान आखा लगायतका ६ सय २८ जनाले सेवा पाएका छन । बिहिबार देखी सुरु भएको स्वास्थ्य शिबिर शनिबार साझँ सम्पन्न भएको आयोजकले जनाएको छ । गोर्खा वेल्फेयर ट्रष्ट र जिल्ला अस्पताल बाजुराको सहयोगमा तथा बडिमालका नगरपालिकाको समन्वयमा आँखा, कान र अपांगता समस्या भएका नागरिकको स्वास्थ उपचार सम्बन्धि शिविर संचालन भएको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताए ।
शिबिरमा आँखाका एक सय ५ जना बिरामी मध्य ५ जनाको शल्यक्रिृया गरिएको गोर्खा वेल्फेयर ट्रष्टले जनाएको छ । त्यसै गरी कानका ३ सय ३१ जनाको उपचार गरिएको बडिमालिका नगरपालिकाले जनाएको छ । त्यस्तै अपाङ्गता भएका १ सय २४ जनाको उपचार गरिएको आयोजकले जनाएको छ ।
शिबिरमा मोतिबिन्दु अपरेशन, आँखाको चाच गर्नुका साथै अपङ्गता भएका नागरिकलाई अपाङ्ग सहयाता साम्रगी बितरण गरिएको गोर्खा वेल्फेयर ट्रष्टले जनाएको छ । त्यसै गरी कानको जाँच गर्नुका साथै अपरेशन तथा श्रवण साम्रगी समेत निशुल्क बितरण गरेको गोर्खा वेल्फेयर ट्रष्टका जया लिम्बुले बताएका छन ।
बिहिबार देखी संचालन भएको सो शिबिरको सम्पन्न पश्चात बडिमालिका नगरपालिकाले बिदाइ गरेको छ । बडिमालिका नगरपालिका प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा संचालन भएको बिदाई कार्यक्रमको सचालन बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकले गरेका थिए । नगरपालिकाले संस्थालाइ प्रमाण पत्र र मायाकाे चिनाे सहित फुलमाला लगाएर बिदाइ गरेकाे नगरपालिकाले जनाएकाे छ  ।

चर्चामा

सम्बन्धित समाचार