बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेका नेताहरु राष्ट्रपति बन्न पाउँछु भनेर दंग छन् : माधव नेपाल

एमालेका नेताहरु राष्ट्रपति बन्न पाउँछु भनेर दंग छन् : माधव नेपाल

  • शनिबार, माघ २८, २०७९
एमालेका नेताहरु राष्ट्रपति बन्न पाउँछु भनेर दंग छन् : माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दङ्ग परेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेप्रति इङ्गित गर्दै एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरू राष्ट्रपति बन्न पाउँछु भनेर दङ्ग परेको दाबी गरे ।

उनले नेकपा एमालेले अतितमाआश्वासन दिएका व्यक्तिलाई सेन्टिफ्ल्याट खुवाउने बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीको राष्ट्रिय भूमिका केही छैन भन्नेहरूलाई देखाइदिएको बताए । उनले आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्ने बताए । उनले भने, ‘अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ । प्रत्येक व्यक्तिहरू म राष्ट्रपति हुने हो भनेर दङ्ग परेका छन् । किनभने दङ्ग पारिएको छ । सबैलाई राष्ट्रपति पद दिइएको छ । भइहालेँ भन्ने परिरहेको छ । को को सेन्टीफ्ल्याट खाने हो थाहा छैन । नेपालको राजनीति यही ढङ्गले अघि बढिरहेको छ । मैले सङ्केत मात्रै गरेको हो । हामी पनि राष्ट्रिय राजनीतिमा छौँ, हाम्रो पनि भूमिका छ । के मूल्य छ, यिनीहरूको भन्नेहरू भन्दै गरुन्, हन्डर, ठक्कर खाएपछि चेत खुल्छ, हामी पोजेटिभ भूमिका खेल्छौँ । हामी कसैको पक्षपोषण गर्दैनौँ ।’

अध्यक्ष नेपालले देशको राष्ट्रिय परिस्थिति दूषित रहेको बताए । उनले आफ्नो पार्टी केही होइन भन्नेहरूलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको समेत बताए । उनले आफ्नो पार्टीको भविष्य खत्तम छ भन्नेहरूलाई (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिमबाट सरकारमा उदाएर देखाएको बताए ।

उनले भने, ‘किन नेपालको अहिलेको राष्ट्रिय परिस्थिति कलकल नदीमा बगिरहेको खोलामा बगिइरहेको पानी जस्तो छैन । यथास्थिति रहँदैन । सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को को छ ? एउटा नेपाली काँग्रेस, अर्को (एकीकृत समाजवादी) छ । यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन, कहाँबाट उदायो त्यहाँ । ठुलो धक्का एमाले पार्टीलाई परेको छ । त्यो पहिलो सुरुवात हो ।’ अध्यक्ष नेपालले आफ्नो पार्टीले सुदूरपश्चिममा सरकारमा रहनु नै एमालेको लागि धक्का भएको दाबी गरे ।

चर्चामा

सम्बन्धित समाचार